Gold
Bangad salyan

आफूलाई सामाजिक अभियान्ता भनेर प्रचार गर्दै आएकि ज्वाला संग्रौला कुटपिटको अभियोगमा प,क्राउ

असार ६ ,काठमान्डौ – अभद्र व्यवहार गरेको आरोपमा सामाजिक अभियान्ता ज्वाला संग्रौला प,क्राउ परेकी छिन। प्रहरीले उनीसहित तिन जनालाई प,क्राउ गरेको छ। सामाजिक सञ्जालमा सामाजिक अभियान्ता भनेर आफूलाई प्रचार गर्ने गरेकी संग्रौलामाथि ठगि गरेको आरोप समेत लागेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले दिएको जानकारी अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्यायलाई प,क्राउ गरिएको छ ।

खुस्बु घिमिरेले अभद्र व्यवहार गरेको आरोपमा गरेको उजूरीको आधारमा प्रहरीले ज्वाला ज्वाला संग्रौला सँगै तिन जनालाई प,क्राउ गरेको हो। हिमाल उपाध्याय र शर्मिला बाइबालाई प,क्राउ गरेको हो ।

केही दिन अगाडि प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध रङ्गभेदी अभिव्यक्ति दिएको भन्दै उनको विरोध भएको थियो । उनीहरुविरुद्ध मधेसी आयोगमा बुधबार उजूरी परेको थियो । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान सुरु भएको सिंहले बताए।