Gold
Bangad salyan

ओली विद्याको राजले नेपाली राज्य, राजनीति धरातलमा भास्सियो : बाबुराम भट्टराई

असार ७, काठमान्डौ – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपि ओली र रास्ट्रपति विद्या भण्डारीको राजले नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिएको बताएका छन् ।

उनले मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै नभएको टिप्पणी गरेका छन् । भट्टराईले आफ्नो हस्ताक्षर समेत दुरुपयोग भएको आरोप लगाएका हुन।

उनले लेखेका छन्-“ओली-विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो! मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन।स्वच्छ छवीका मानिएका८०बर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु!