Gold
Bangad salyan

योगा भनेको जीवनलाई बुझ्न र मुक्त गर्न सहयोग गर्ने अभ्यास हो : नारायणकाजी श्रेष्ठ

असार ७ काठमान्डौ – नेकपा माओवादी केन्द्रका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले योग जिवनको दृष्टि विधि र आचरणको अभ्यास भएको बताएका छन।

विश्व योग दिवस २०२१ को अवसरमा सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दै श्रेष्ठले आजकल योगको महत्त्वबोध र अभ्यास बढ्दै गैरहेको पनि बताएका छन ।

यो खुसीको कुरा हो ,तर के कुरालाई आत्मसात गर्न जरुरी छ भने योग भनेको योगासन मात्र नभएको उनको भनाइ छ ।

योगासन योगको एउटा भाग वा अँश मात्र हो।योग त जीवन लाई बुझ्न र मुक्त गर्न सहयोग गर्ने समग्र जीवन दृष्टि ,बिधि ,आचार ( आचरण ) र अभ्यास हो ।

महर्षि पतञ्जलीका अनुसार यसको सार चित्तबृत्तिनिरोध: हो। तसर्थ ध्यान यसको महत्त्वपुर्ण पक्ष हो नेता श्रेष्ठले भनेका छन ।