गायक धनराज चुनाराले विपन्न परिवारका ५० घर धुरीलाई राहत वितरण गरे
सुर्खेत – गायक तथा संगीतकार धनराज चुनाराले गुर्भाकोट नगरपालिकामा अति विपन्न घर परिवारलाई राहत वितरण गरेका छन ।गुर्भाकोट राहत संकलन समिति अन्तर्गत पहिलो चरणको राहत वितरण गरिएको उन्ले बताए ।
गुर्भाकोट नगरपालिका वडान ५,६,७,८,९,१३ र १४ वडा टोलका ५० घरधुरी अन्तर्गत अति बिपन्न घर परिवार चामल , दाल , तेल नुन लागायतको राहत वितरण गरियको चुनाराले बताएका हुन ।
दोस्रो चरणको राहत केही दिनमा अन्य वडाका विपन्न परिवारलाई उपलब्ध गराईने पनि उनले जनाए । कोरोनाको दोस्रो लहर सुरु भएपछि सुर्खेतमा निषेधाज्ञा जारी छ ।निषेधाज्ञामा दैनिक ज्यालामजदुरि गर्न नपाएका नागरिकको लागि गायक चुनारा राहत संकलनमा जुटेका थिए ।
विभिन्न व्यक्तिहरुले गरेको सहयोगबाट आज पारदर्सी ढंगले राहत वितरण कार्य सम्पन्न भएको थियोे ।त्यस्तै सहयोग गर्ने दाताहरुको नाम दोस्रो राहत वितरणपछि सार्वजनिक गरिने पनि उन्ले बताए ।

