जातका कारण कोठाभाडा नदिएको आरोपमा प,क्राउ परेकी प्रधान रिहा
असार ९ ,काठमान्डौ – जातका कारण सञ्चारकर्मी रूपा सुनारलाई आफ्नो घरमा कोठा भाडा नदिएको आरोपमा प,क्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई रिहा भएकि छिन।
जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले गरेको अनुसन्धान मुद्दा अपुरो भएको भन्दै प्रहरीले उनलाई रिहा गरेको थियो।प्रधानलाई लिन शिक्षा मन्त्री श्रेष्ठ प्रहरी चौकी पुग्दा प्रधानको पक्षमा ठूलो भीड उपस्थित भएको थियो।
प्रधान छुटेपछि शिक्षा मन्त्री श्रेष्ठले आफ्नै गाडीमा लिएर गएका छन्। अहिले यो विषयले सामाजिक सञ्जाल तात्तिएको छ। शिक्षा मन्त्री श्रेष्ठको दबाबमा प्रधान छुटेको भन्दै श्रेष्ठको चौतर्फी आलोचाना गरिएको छ।
बुधबार काठमाडौंको बबरमहलमा स्थानीय र नेवार समुदायका विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुले सडक प्रदर्शन गद्रै बिना सर्त प्रधानलाई रिहा गर्न माग गरेका थिए। सरस्वति छुटेपछि उनीहरुले रुपा सुनारविरुद्द चर्को नाराबाजी गरेका छन्।

