Gold
Bangad salyan

सर्लाहीमा एक्स्काभेटर चालकले वडाध्यक्षलाई जिउंदै खाडलमा पुरेर ह,त्या

असार १२ ,सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका वडानं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर जिउंदै खाडलमा पुरेर ह,त्या गरिएको छ ।

एक्स्काभेटर चालक हर्कबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले जानकारी दिए । चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको राठोरले बताए।

भक्तिपुरमा केही दिनदेखि नगरपालिकाको बजेटमा पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो । शुक्रबार राती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक हर्कबहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएका थिए।खाजा खाएर फर्किने क्रममा जेसिबका चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठको सामान्य विवाद भएको थियो।

पोखरी कह्नेको स्थानमा पुगेपछि तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबको बकेटले ठक्कर दिएर लड़ाए त्यसपछि उनले टाउको र छातीमा जेसिबको बकेटले हिर्काएर त्यसपछि माटोले पुरेको देखिएको सन्तोषसिंह राठोरले बताए। घटनामा पहिलेको कुनै रिसिवी हो वा खाजा खाने रातिको सामान्य  विवादले हो अहिले अनुसन्धान भैरहेको उनले बताए।