Gold
Bangad salyan

सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयॅा शिराबाट एकीकृत गर्न जुट्न नेपालको आग्रह

असार १४, काठमान्डौ – नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले विद्यमान राजनैतिक विकृति सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयॅा शिराबाट एकीकृत गर्ने अभियानमा जुट्न सबै नेता कार्यकर्तालाई आवहान गरेका छन।

७० औँ मदन जयन्तीको अवसरमा शुभकामना दिदै नेता नेपालले यस्तो बताएका हुन।

उनले भनेका छन आज असार १४, नेकपा एमालेका तत्कालीन महासचिव जननेता कमरेड मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्ती, सबैभन्दा पहिले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

अधिनायकवाद तथा निरंकुशता विरुद्ध लामो संघर्ष गरेका सहयोद्धा कमरेड मदन भण्डारीको नेतृत्वमा हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र हाम्रो देशको कम्युनिस्ट आन्दोलन समेतको अनुभवका आधारमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास को नयॅा आधार निर्माण गर्यौं। यसै सन्दर्भमा कम्युनिष्ट पार्टीलाई एकीकृत बनाउने ,लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मघात गर्ने,स्वच्छ छवि कायम राख्ने,जनताको दुख- सुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास प्राप्त गरी शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न उहाँको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको हो नेपालले लेखेका छन ।

शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवम् हामी सबैका लागि दु:खद अवस्था हो । अत: विद्यमान वैचारिक-राजनैतिक-सांस्कृतिक -आर्थिक विचलन, विकृति,विसंगति,सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयॅा शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आव्हान सहित पुन: जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।
माधवकुमार नेपाल, १४ असार २०७८