Gold
Bangad salyan

सार्वजनिक यातयात संचालनको टुङ्गो लगाउन ९ बजे सिडियोहरुको बैठक बस्दै

असार १४, काठमान्डौ – उपत्यकाको निषेधाज्ञाबारे भोलि निर्णय गर्न अहिले ९ बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ ।

हिजो बसेको बैठकले निषेधाज्ञाबारे छलफलमा टुंगो नलागेपछि अहिले बैठक बस्दै छ ।

निषेधाज्ञामा अहिलेको मोडालिटी लागू गर्ने वा अर्को मोडालिटी बनाउने भन्नेबारे आजको बैठकले निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।

उनका अनुसार आज सार्वजनिक यातायात जोर विजोर प्रणालीमा खुलाउनेमा छलफल हुँदै छ । यस अघि खुल्ला गरिएका क्षेत्रलाई भने निरन्तरतानै दिइने भट्टराईले बताए ।

होटेल , जुम क्लब हाउस व्युटीपार्लर शैलुन दोहोरी क्ल्व लामो दुरिका यातायातमा अहिले कुनै निर्नय हुने छैन ।

कोरोनाको दोस्रो लहरसंगै गत वैशाख १६ गतेबाट उपत्याकाका तिन जिल्लामा निषेधाज्ञा जारि छ।

गत हप्ता थपेको निषेधाज्ञाको समय भोलि १५ गते सकिदै छ । मोडालिटी परिवर्तन गरेर निषेधाज्ञा थप एक हप्ता थप हुने पनि भट्टराईले बताए ।