Gold
Bangad salyan

सामाजिक विकासमन्त्रीले पद गएपछी बाथरुमको ऐना समेत लगेर गए

असार १८ ,काठमाडौ– सुदूरपश्चिम प्रदेशमा एक मन्त्रीले बर्खास्त भएपछि अच्म्मको खेला देखाएका छन ।पदबाट हटे पछि  सरकारी सुविधा फिर्ता दिनुपर्नेमा उनले बाथरुमको ऐना समेत झोलामा हालेर लगेका छन ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सरकारी निवासका सामान मात्रै नभई बाथरुमको ऐनासमेत घर लगेको पाइएको हो ।

जेठ १४ गते राजीनामा दिएका सुवेदीले क्वार्टरबाट बाहिरिँदा फर्निचरलगायत सम्पूर्ण सामान लिएर गएको मन्त्रालय स्रोतले बताएको छ ।

सुवेदीले सरकारी निवासबाट म्याट्रेस, तन्ना, सोफा, कुर्सी, टेबल, रेफ्रिजेरेटर, टेलिभिजन, गलैँचा, सिरक र भान्सामा रहेका भाँडाकुडासमेत उठाएर लगेको स्रोतले जनाएको हो ।

आफ्नै कोठा सरे जसरी क्वार्टरमा केही बाँकी नराखेर सबै लानुभएछ अहिले हामीलाई नयाँ सामान जोरजाम गर्न समस्या भैइरहेको छ स्रोतले भन्यो,।यस अघि उनलाई औषधी खरिदमा तीन करोडको मिलोमतो भ्रस्टाचार गरेको भन्ने आ’रोप लागेको थियो  ।