Gold
Bangad salyan

ओली निकट नेताहरु नेपाललाई भेट्न कोटेश्वरमा

असार २०, काठमान्डौ – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओली निकटका नेता र एमाले वरिष्ठ नेता माधव कुमार नेपालका नेताहरू नेता नेपाललाई हेट्न उन्कै निवास कोटेश्वरमा पुगेका छन ।

उनिहरु आईतवार बिहान नेपाल निवासमा पुगेका हुन ।नेपालले आफू निकटका नेताहरुसंग भेट वार्ता गर्ने बताए थिए । पार्टी विवादलाई मिलाउन प्रधानमन्त्री ओलीले आफू निकट नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेललाई कोटेश्वर पठाएका हुन ।भेटका क्रममा ओली समूहका नेताहरूले नेपाललाई अध्यक्ष ओलीसँग भेटेर छलफल गर्न भनेका थिए।

यस्तै ओलीले वालुवाटारमा बसेको १३ केन्द्रिय समिती बैठकमा विपक्षी दल नेपाली काङ्ग्रेस का सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता गर्न सोमबार सम्म भोलीको अल्टिमेटम दिएका छन ।

तर नेता नेपालले हस्ताक्षर फिर्ता नहुने बताइसकेका छन भने हिजो हस्ताक्षर गर्ने आफू निकटक नेताहरुसंग छलफल गतेका थिए । देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका २३ जन सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा बुझाएका छन ।

देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरको निवेदनमा अहिले सर्वोच्चमा सुनुवाइ चलिरहेको छ । सुनुवाइ सकियलगतै फुल बेन्चको छलफल चल्ने छ र देउवालाई प्रधानमन्त्री बनाउ गरिएको हस्ताक्षर र प्रतिनिधि सभा विघटनको मुद्दाको किनारा लाग्ने छ ।