Gold
Bangad salyan

कर्णाली प्रदेशमा आज जम्मा ७४ जनामा कोरोना परिक्षण

असार २३ ,सुर्खेत – कर्णाली प्रदेशमा आज जम्मा ७४ जनामा कोरोना परिक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।कोरोना परिक्षण निशुल्क हुने हुँदा नजिकै को स्वास्थ्य संस्था वा तोकीएको स्थानमा गएर परिक्षण गर्न पनि मन्त्रालयले जनाएको छ।

७४ जनामा कोरोना परिक्षण ३७ जनामा कोरोना पोजेटिभ देखिएको र यो उच्च रहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशका ९ जिल्लामा कोरनाका सक्रिय बिरामी उच्च रहेका छन् भने ७७ वटै जिल्लामा कोरोना संक्रमित रहेका छन्।

हाल देशभरमा निषेधाज्ञा खुकुलो हुँदै गएपछि संक्रमित पनि बढेको पाईएको छ। २५ प्रतिशतमा झरेको कोरोना संक्रमित संख्या बढेर हाल २६.५ प्रतिशत पुगेको छ।

देशभरमा कोरोनाको जटिलता कायम रहेको हुँदा स्वस्थ्य मापदण्ड पालना गर्न मन्त्रालयले अनिवार्य रहेको बताएको छ। यस्तै आज देश भरमा २९७९ कोरोना संक्रमित फेला परेका छन् यो संख्या हिजोको दिनभन्दा बढी हो।