Gold
Bangad salyan

गायक तिलक ओलीको तीज गीत हङकङको सारि २ ले फेरी बजार ततायो यस्तो छ( भिडियो )

असार २७ ,काठमान्डौ – गायक तिलक ओलीले हङकङको सारिले २ कुर्ता बोलको तीज गीत बजारमा पठाएका छन्। यो गितले अहिले बजारमा दर्शकको निकै माया पाएको छ।

गितमा गायक ओलीकै लय /शब्द रहेको छ भने समिक्षा अधिकारिको पनि स्वर रहेको छ।नेपाली गीत संगीतमा निकै चर्चामा आउने र सबैले सम्झिने नाम तिलक ओलीले दर्शक सामु पठाउने सबै गितले चर्चा पाउने गर्छन।

ओलीले केहि वर्ष अघि हङकङको सारी बोलको गित बजारमा सार्वजानिक गरेका थिए।उक्त गित दर्शकको दिल दिमागमा बस्न अफल भएको थियो। दर्शकले हङकङको सारी दुईको माग गरेपछि यो गित बजारमा पठाईएको गायक ओलीले रंग दर्पणलाई बताए।

हङकङको सारिले २ कुर्ता गितमा मोडल निर्देशक शंकर बिसी र नायिका शिल्पा पोख्रेलको अभिनय देख्न सकिन्छ। गितको निर्देशक अशोक विकले गरेका छन्। पहिले सार्वजानिक भएको सफल चर्चित गित हङकङको सारिलाई पनि अशोक विकले निर्देशन गरेका थिए।

गायक तिलक ओलीका हङकङको सारि,झुम्का हरायो मेरो विशाल बजारमा ,चाईना पुर्याइदेउ ,चेली ,लगायतका गित हित लिस्टमा छन्।

यस्तो बन्यो गित ,