कांग्रेसबाट गृहमा बालकृष्ण, कानुनमा ज्ञानेन्द्र कार्की आजै सपथ
असार २९ ,काठमान्डौ – नेपाली कांग्रेसबाट दुई जना मन्त्री बन्ने भएका छन्। गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीको नाम नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सिफारिस गरेका हुन्
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ पद तथा गोपनीयताको सपथ लिँदैछन् । देउवाको सपथपछि मन्त्रीहरुको सपथ हुने छ।
माओवादी केन्द्रले जनार्दन शर्मालाई अर्थ मन्त्री र पम्फा भुसाललाई उर्जा मन्त्रालयमा सिफारिस गरेको छ। उनीहरुपनि सपथ खान शितलनिवास पुगिसकेका छन्।

