संविधानको धारानै उल्लेख नगरी देउवालाई प्रधानमन्त्रीमा नियुक्ति
असार २९ ,काठमान्डौ – शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरेरनै प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन् । विज्ञप्तिमा संविधानको कुनै धारा उल्लेख छैन ।
नवनियुक्त प्रधानमन्त्री देउवालाई पठाइएको पत्रमा ‘सर्वोच्च अदालतको फैसला बमोजिम उनलाई नियुक्त गरिएको’ मात्रै उल्लेख छ ।
शेरबहादुर देउवाले यसअघि राष्ट्रपति कार्यालयमा संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्तिका लागि निवेदन दिएकाले सोही धारा अनुसार राष्ट्रपतिबाट नियुक्त हुनुपर्ने अधिवक्ताहरुको भनाई छ।
सर्वोच्च अदालतको फैसलाको भोलिपल्ट मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति निकाल्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको हो ।

