Gold
Bangad salyan

शेरबहादुर देउवाको सपथ रोकियो

असार २९ ,काठमान्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ नलिने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् ।

राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएका हुन् ।राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

देउवाले आफूले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेको हुँदा सोहि बमोजिम आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने बताएका छन्।आज ६ बजे सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको थियो तर संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई अस्विकार गरेका हुन्।