महान्यायाधिवक्तामा खम्म बहादुर खाती नियुक्त
काठमान्डौ – सरकारले महान्यायाधिवक्तामा खम्म बहादुर खातीलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले खातीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
खाती नेपाल बार एशोसियसनका पूर्व महासचिव समेत हुन् ।

