Gold
Bangad salyan

मिटरब्याजी १९ करोडको चेक सहित प्रहरी फन्दामा

साउन ३ ,काठमान्डौ – चर्को मुल्यमा मिटर ब्याजमा पैसा असुल्ने व्यक्तिलाई प्रहरीले १९ करोडको चेक सहित पक्राउ गरेको छ।

दोलखाको साविक मेलुङ गाविस वडा नम्बर १ घर भई ललितपुरको भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले चावहिलबाट पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले १९ अक्रोद बढीको चेक उपलब्ध गरेको छ। उप्रेतीले भक्तपुरको मध्यपुर थिमी बस्ने प्रकाश कार्की र काठमाडौंको कोटेश्वर बस्ने हेमरा गुमाजुलाई ब्याक्तिगत कामको लागि भन्दै चर्को मिटरब्याजमा पैसा दिएको खुलेको छ।

उप्रेतीले कार्कीबाट ४ करोड १६ लाख र गुभाजुबाट ४ करोड १४ लाख रुपैयाँ रकमका चेकहरु लिई सो वापतको रकम नदिए ज्यान लिने धम्की दिएको पीडितहरुले जाहेरी दिएका थिए । प्रहरीले उनको खोजि गरिरहेको थियो।

उनलाई काठमाडौंको चावहिल मित्रपार्कस्थित दृशान्त अटोमोबाइल्सबाट पक्राउ गरिएको व्यूरोका उपनिर्देशक श्यामकुमार महतोले जानकारी दिए । यस्तै उनले विभिन्न अन्य व्याक्तिहरुलाई पनि चर्को मिटरब्याजमा पैसा दिएको खुलेको छ। अनुसन्धानमा छौ १९ करोड ४३ लाख ६१ हजार ८६० रुपैयाँ बराबरको चेकसमेत बरामद गरेका छौ उनले भने ।