Gold
Bangad salyan

उपत्यकामा कोरोना संक्रमण बढ्न सुरु

साउन ४ काठमान्डौ- काठमान्डौ उपत्यकामा कोरोना संक्रमितक संख्या बढ्न सुरु गरेका छन्। गत २४ घन्टामा काठमान्डौमा ३३० ,भक्तपुरमा ८८ र ललितपुरमा ५६ गरि जम्मा ४७४ जनामा संक्रमण फेला परेको हो।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्ला दिनहरुभन्दा केहि दिनबाट उपत्यका लगायत विभिन्न जिल्लाहरुमा कोरोनाका बिरामीहरु बढ्ने क्रम भईरहेको छ।

गत २४ घन्टामा थप २,४४५ जनामा कोरोना संक्रमण फेला परेको छ भने ३२ जनाको निधन भएको छ। निषेधाज्ञा खुल्ला गरिएसंगै मानिसहरुको भिड भाड बहेको र स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना फैलिन सुरु गरेको मन्त्रालयले जनाएको छ।