गुर्भाकोट नगरपालिका २ मा नेकपा परित्याग गरि एक दर्जन बढी युवाहरु कांग्रेसमा प्रवेश :मेयर पुनले गरे स्वागत
साउन १६, सुर्खेत – सुर्खेत गुर्भाकोट नगरपालिकामा एमाले परित्याग गरि एक दर्जन बढी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन्। गुर्भाकोट २ मालारानीमा नेकपा परित्या गरि उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
आज पार्टी प्रवेश गर्नेहरुमा अमर ओली, हरिकला खत्री ,आत्मा कडेल, ममता सापकोटा ,प्रदीप कडेल, गीता राम कडेल ,भुप लाल सापकोटा ,टिका राम ढकाल छन्। उनीहरुलाई गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले सुभकामना व्यक्त गर्दै पार्टीमा स्वागत गरेका हुन्।

केहि समय एता नेकपाको आन्तरिक विवादले जनतामा निराशा छाएसंगै नेपाली कांग्रेसमा नागरिकको फेरी मोह बढेको देखिन्छ। केहि समय यता गुर्भाकोट नगरपालिकाका विभिन्न वडामा एमाले माओवादी परित्याग गरि कांग्रेसमा प्रवेश गर्नेहरुको लहरनै देखिने गरेको छ।

दुई तिहाई नेकपा बाम गठबन्धन पार्टी सरकारमा पुगेर जनतालाई लोप्पा खुवाउने भन्दा अरु कुनै काम नगरेको हुँदा आफूहरुले वर्षौ देखिको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसनै रोजेको नव प्रवेशीले बताउने गरेका छन्।

