Gold
Bangad salyan

यी नै हुन् जाजरकोटमा युवा कुट्ने वडा अध्यक्ष रामबहादुर नेपाली

साउन ,२२ जाजरकोट – जाजरकोटमा युवा कुट्ने जुनीचाँदे गाउँपालिका २ का वडाअध्यक्ष रामबहादुर नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरिसकेको छ।

गत १५ गते जुनीचाँदे गाउँपालिका वडा २ मा सामाजिक सुरक्षा भत्ता वितरण भईरहेको बेला आफ्नो छोराको सामाजिक सुरक्षा भत्ता लिन पुगेका सोहि स्थानीय १८ वर्षे सर्पे दमाईलाई नेपालीले डोरीले बाँधेर कुटपिट गरेका थिए ।

कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाईरल बनेपछि चौतर्फी आलोचना सहित वडा अध्यक्षलाई कारबाहीको माग गरिएको थियो।

बुधबार प्रहरीले नेपालीलाई पक्राउ गरेपाछी जाजरकोटका स्थानीयले भने उनको रिहाईको माग गर्दै आन्दोलन गरेका छन्। उनीहरुलाई भिडियोमा आएजस्तो सर्पे दमाइलाई कुटपिट नभएको बताउने गरेका छन्।

थप,,

जाजरकोटमा युवा कुट्ने वडा अध्यक्षलाई प्रहरीले प,क्राउ गरेपछि स्थानीय आन्दोलनमा उत्रीए