संखुवासभामा कसले गर्यो एकै घरका ६ जनाको विभत्स ह,त्या
खाँदबारी – संखुवासभाको मादी नगरपालिका,१, खोला गाउँका एकै परिवारका ६ जनाको विभत्स ह,त्या भएको छ ।
स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी ह,त्या गरिएको पाईएको हो। सोमबार बिहान मादी नगरपालिका १ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको ह,त्या भएको थियो ।
ह,त्या भएको श्वा फेला परेपछि स्थानीयले प्राहरिलाई खबर गरेका थिए। ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको विभत्स ह,त्या गरेको अवस्थामा शव थिफेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताए।
९३ वर्षीय वृद्ध बौद्धमान भने सकुशन रहेको पाईएको छ। घटनास्थल विकट भएको हुँदा सदरमुकाम खाँदबारीबाट पुग्न झाण्ड ६ घण्टा लागनी गर्दछ । घटना कस्सले र किन घटायो भन्ने बारे प्रहरीले गम्भीर अनुसान्धान गरिरहेको छ।
अनुसन्धानका लागि संघिय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा टोली खटिएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि लगिएको छ ।

