Gold
Bangad salyan

प्रतिनिधिसभाको बैठक दोस्रो पटक स्थगित

काठमान्डौ- नेकपा एमालेले प्रतिनिधि सभाको बैठक दोश्रो पटक पनि अवरोध गरेको छ । एमालेले बर्खास्त गरेका १४ जना सांसदलाई हटाउनुपर्नेमा सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरूले बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै आईरहेका छन् ।

पहिलो बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि बसेको दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेपछि सभामुखले पुनः १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

सभामुखले माओवादी केन्द्रले सांसद हटाउँदा उनीहरूलाई तत्कालै पदमुक्तको सूचना दिइहाल्ने तर एमालेले १४ जना सांसद हटाउँदा सभामुखले वास्ता नगरेको भन्दै एमालेले आपत्ति जनाएको हो। यस्तै एमालेले सभामुख अग्नि सापकोटाविरूद्द मुर्दावादका नारा लागाएको छ।