Gold
Bangad salyan

८ महिने आफ्नै शिशुलाई आमाले काखमा च्यापेर खुट्टा थिचिन बाबुले घाँटी रेटेर ह,त्या गरे

भदौ ,३१ भैरहवा – रुपन्देहीको गैडहवा गाउँपालिका- ६ मा आफ्नै ८ महिने शिशुको ह,त्या गर्ने बुवा र आमालाई प्रहरीले प,क्राउ गरेको छ। ह,त्याको आरोपमा बुवा श्रीराम मल्लाह र आमा रेनु मल्लाहलाई प्रहरीले प,क्राउ गरेको हो ।

प्रहरीका अनुसार श्रीराम र रेनुले शिशुलाई घरको छतमा लगेर रातिको १ बजे घाँटी रेटेर ह,त्या गरेको खुलेको छ। छतमा पुगेपछि आमाले शिशुलाई काखमा राखेर नछट्पटियोस् भन्दै खुट्टा समातिन् र बुवाले हसियाँ समाएर घाँटी रेटेका थिए।

विभत्स तरिकाले मार्ने भन्दै योजना बनाएर छतमा गएका उनीहरु शिशुको ह,त्या गरेपछि आफ्नो मृत्युप्रतिको मनोदशा बदलिएको देखिन्छ, रुपन्देहीका डिएसपी सत्य नारायण थापाले भने। त्यसपछि शिशुलाई पोको पारेर कोठामा ल्याएर राखे र आफ्नो छोराको ह,त्या भएको भन्दै कोलाहल गरेका थिए।

होहल्लापछि प्रहरी घटनास्थलमा पुग्यो । घटनाको अनुसन्धानको प्रहरीले शिशुको बुवा र आमालाई नियन्त्रणमा लियो । अनुसन्धानमा शिशुको बुवा र आमाले हत्या गरेको स्वीकार गरेको डिएसपी थापाले बताए ।

अहिले उनीहरु इलाका प्रहरी कार्यालय लुम्बिनीको थुनामा छन् । दुवैजनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद लिएर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।