Gold
Bangad salyan

रामेछापको कुनौरी भिरमा जीप दुर्घटनाग्रस्त तिन जनाको मृ,त्यु

भदौ,३१ काठमाडौं -रामेछापको मन्थली नगरपालिका,६ हात्तीटार नजिकै जीप दुर्घटना हुँदा तीन जनाको मृ,त्यु भएको छ भने एक बालक घाइते भएका छन् ।

मृ,त्यु हुनेमा ओखलढुंगा श्रीतेम्बा गाउँपालिका–६ फिदी फलाँटेका अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजी ३५ वर्षीय वाङछे शेर्पा रहेका छन् ।

काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो जीप बिहीबार बिहान कुनौरी भिरमा दुर्घटनाग्रस्त भएको थियो। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार जीप भीरबाट करिब तीन सय मिटर तल खसेको छ।

दुर्घटनामा घाइते भएको लाक्पाका ११ वर्षीय छोरा धावा शेर्पालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।