Gold
Bangad salyan

सङखुवासभा ६ जनाको ह,त्या प्रकरणमा लोकबहादुरका भाइ पनि प,क्राउ

भदौ ३१,काठमान्डौ- सङखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक ह,त्या भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाई नरेश कार्कीलाई नियन्त्रणमा लिएको हो ।

हत्या गरिएका तेजबहादुर कार्कीकी बुहारी रञ्जनाको हराइरहेको मोबाइल नरेशको साथबाट बरामद भएको समेत प्रहरीले जनाएको छ ।

तेजबहादुरसहित परिवारका अन्य ६ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको पनि प्रहरीले जनाएको छ । नियन्त्रणमा लिईएका नरेशसंग प्रहरीले सोधपुछ जारी राखेको र थप रहस्य खुल्ने अनुमान गरेको छ ।

गत भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको ह,त्या भएको थियो ।