Gold
Bangad salyan

सिन्धुपाल्चोकमा फेरी विनाशकारी भूकम्पको धक्का

असोज १६ ,काठमाडौं- सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर विनाशकारी भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः ५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गईसकेका छन्। बेला बेलामा भूकम्पको पराकम्पले नेपालीलाई त्रसित बनाउने गरेको छ।