Gold
Bangad salyan

कुलेन्द्र र रञ्जिताको प्रेमकथा फूल हौ तिमी काँडा नबन

असोज १६ ,काठमाडौं- गायक कुलेन्द्र विश्वकर्मा र नायिका रञ्जिता गुरुङको अभिनय रहेको गीत फूल हौ तिमी काँडा नबन सार्वजानिक भएको छ।

निरन्तर रुपमा सफल चिर पारीचित गायक कुलेन्द्रले आज भोलि प्राय गितमा अभिनय गरेको पाइन्छ। गायक कुलेन्द्र विश्वकर्माका थुप्रै चर्चामा रहेका गीत बजारमा बजिरहेका छन्।

उनलाई सबै भन्दा बढी चिनाउने सुपर डुपर गीत सालको पात टपरीलाई लिन सकिन्छ। यस्तै भर्खर गायक कुलेन्द्रको स्वर अभिनय र गायकको आफ्नै अफिसियल युटुबमार्फत बजारमा पठाईएको गीत फूल हौ तिमि काँडा नबनलाई पनि दर्शकले निकै मन पराएको प्रतिक्रिया दिएका छन्।

कस्तुप पन्तको शब्द /संगीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र गायिका कमला पोख्रेलको स्वर छ। दुर्गा पौडेलको निर्द्देशन सिनेमाट्रोग्राफरलाई नविन घर्ति मगरले सम्पादन गरेका छन्।