सल्यान बस दुर्घटना चालकले के मदिरा सेवन गरेका थिए त् ? यस्तो छ बयान
कार्तिक २२ ,काठमान्डौ – हिजो सल्यानमा १२ जनाको मृत्यु हुने गरि भएको बस दुर्घटनामा चालकले बसको स्टेरिङले काम नगरेपछि दुर्घटना हुन पुगेको बताएका छन्।
बसका चालक सल्यानको शारदा नगरपालिका वडा नं. ३ महिसेपानीका ३० वर्षीय सुदीप खान दुर्घटना भएलगतै उनि फरार रहेका थिए। धेरैले मदिरा सेवन गरेर गाडी चलाएको हुन सक्ने आशंका गरेपनि उनले प्राविधिक कारणले गर्दा बस दुर्घटना हुन पुगेको बताए।
सोमबार मात्रै दाङको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको सम्पर्कमा आएर उनले ‘मेन सेकेण्ड पट्टा’ भाँचिएपछि बसको स्टेरिङले काम नगरेको बताएका हुन्।
अगाडिको मेन सेकेण्ड पट्टा खाल्डोमा परेर एकै पटक भाँचिएपछि एक्कासि ड्राइभर साइडमा गाडीले तान्यो,’ खानले भने, ‘ मैले खलासी साइडमा जति काट्न खोजे पनि स्टेरिङले काम नै गरेन।
त्यति धेरै बसमा स्वर थिए ,सबैलाई सहि ढंगले गताव्यामा पुर्याउने सबै चालकको जिम्मेवारी र कर्तव्य हो। मैले कुनै मदिरा सेवन गरेको भन्ने मलाई सरासर आरोप लगाईएको हो उनले भने।
बस दुर्घटना हुँदा आफू पनि गाडी संगै तल पुगेको र भाग्यले बचेको उनले बताए। मेरो खलासीले पहिलेनै हाम फालेर बचे छ ,साहुको अवस्था गम्भीर छ रे। त्यति धेरै मान्छेको मृत्यु भयो मेरो हात दाहिने खुट्टा, छाती लगायतका ठाँउमा चोट लागेको छ।
घटनाले गर्दा रात भरि सुतेको छैन उनले भने। सोमबार बिहानमात्रै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आएर आफूले उपचार गराएको उनले बताए। दुर्घटनापछिको अवस्था भयावहपूर्ण देखेपछि असुरक्षा महसुस गरी आफू भागेको उनले बताए।
चालक खानलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्यान लगिएको प्रहरीले जनाएको छ। सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान पौने ११ बजेतिर कपुरकोट गाउँपालिका वडा नं. ५ खारखोलानजिकै दुर्घटना भएको थियो।
दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो। १० महिला र दुई पुरुष गरि १२ जनाको अकल्पनीय मृत्यु भएपछि सल्यान शोकमा डुबेको छ। मृत्यु हुनेमा ७ जना दाङका र ५ जना सल्यानका छन्। यस्तै दुर्घटनामा २८ जना घाइते छन्।
जसमा १९ जनाको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। त्यसमध्ये गाडी साहुसहित दुई जनाको अवस्था गम्भीर रहेको सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बता। घाईते चार जनाको सल्यानमै उपचार भइरहेको उनले जानकारी दिए।
यो पनि,,https://rangadarpan.com/articles/47225

