चीनले नेपाली सेनालाई दियो ३ लाख डोज खोप
कार्तिक २२ ,काठमान्डौ – चीनले नेपाली सेनालाई ३ लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिएको छ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार जंगी अड्डामा पुगेर प्रधानसेनापति प्रभुराम शर्मालाई खोप हस्तान्तरण गरेकी हुन्।
चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोप सहयोग संगै १० वटा भेन्टिलेटर र १ सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई पलब्ध गराईएको छ ।
चीनले नेपाललाई यो भन्दा अगाडी पनि खोप सहयोग गर्दै आइरहेको छ। चीनको यो सहयोगले दुई देशको सेनाको सम्बन्ध थप मजबुद हुने प्रधान सेनापति महारथी शर्माले खोप हस्तान्तरण कार्यक्रममा बताए। खोप हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो।

