एमसीसी फिर्ता गर्नुमा नै नेपालको हित हुन्छ : बामदेव गौतम
काठमान्डौ – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लैजानु पर्ने बताएका छन्।
उनले बुधबार विज्ञप्ति जारी गर्दै अमेरिकालाई एमसीसी फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्नुपर्ने आग्रह गरेका हुन् ।
गौतमको व्विग्यप्तिमा भनिएको छ ,नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद रहेको छ, नेपाल सरकारले र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न’।
यस्तै जनमत पनि गम्भीर रुपमा विभाजित भएर प्रकट हुन थालेको समेत उनले बताए।यो सम्झौताले नेपालका छिमेकी मुलुकहरुसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने शंका व्यक्त भइरहेको देखिन्छ।
सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको छ। यस्तो अवस्थालाई मध्यनजर गर्दै अहिले आएको एमसीसी परियोजना फिर्ता लिन गौतमले आग्रह गरेका हुन्।
यस्तो छ विज्ञप्ति हेर्नुहोस


