चक्कु प्रहार गरेर युवकको हत्या
कार्तिक २४ काठमान्डौ – कैलालीमा युवको चक्कु प्रहार गरेर हत्या गरिएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ बस्ने भुपेन्द्र बडुवालको मंगलबार राती करिब ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यलय टिकापुरले जनाएको छ ।
प्रहरीका अनुसार टीकापुरको सिद्दार्थ होटेल नजिक दुई समूहबीच झडप भएको थियो । घटनाको अनुसंधान भैइरहेको प्रहरीले जनाएको छ ।

