Gold
Bangad salyan

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अखिलको प्रदर्शन

कार्तिक २८ ,काठमान्डौ – पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीले काठमाडौंको घन्टाघर अगाडि प्रदर्शन गरेको छ। पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीक विद्यार्थीहरुले प्रदर्शन गर्दै आईरहेका छन्।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिना माग गर्दै उनीहरुले घन्टाघर चोकमा चक्काजाम समेत गरेका हुन्। सरकारविरुद्द नाराबाजी गर्दै उनीहरुले टायर समेत जलाएका थिए ।

प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन खोज्दा केहीबेर घम्साघम्सी समेत भयो । प्रहरीले केहि प्रदर्शनकारिलाई पक्राउ समेत गरेको छ।