Gold
Bangad salyan

प्रचण्ड र माधव नेपाल फुच्चेहरु हुन : ओली

काठमान्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरु कांग्रेसको औंला नसमाती हिँड्नै नसक्ने आरोप लगाएका छन् ।अध्यक्ष ओलीले एमालेले भने कसैकाे बैशाखी नटेक्ने र आगामी निर्वाचनमा विजय हासिल गर्ने दाबी गरे ।

नेपाल संवत् ११४२ को अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कांग्रेसको औंला समातेर हिँड्न पल्केकाहरुलाई कांग्रेसले कहिलेसम्म औंला दिने हो भन्ने थाहा नभएको पनि बताए ।

अध्यक्ष ओलीले नेकपा एमाले फोहोर बिनाको स्वच्छ भएको दाबी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढने दृढता व्यक्त गरे । उनले राष्ट्र निर्माणका लागि पनि एमाले एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको दोहोर्‍याए।

अध्यक्ष ओलीले भने, ‘अब अरू फाच्फुच्चेहरू चाहिँ सँगै जान्छौं भन्छन्। अनि कांग्रेसको औंला नसमाती त हिँड्नै सक्दैनन् त, कसरी जाँदैनन् ? गइहाल्छन् नि सँगसँगै। आफ्नो सरकार ढालेर कांग्रेसको सरकार बनाई दिनेहरू, कांग्रेसको औंला समातेर हिँड्न पल्केकाहरू, त्यो हिँड्न खोज्छन नै। तर कांग्रेसले कहिलेसम्म औंला दिन्छ, मलाई थाहा छैन।

एमाले एक्लै चुनाव लड्न सक्षम भएको भन्दै उनले भने, ‘तर नेकपा एमाले कसैको बैशाखी टेकेर होइन, आफैं चुनाव लड्न सक्षम छ। आफैं चुनाव लड्छ, आफैं जित्छ।’ अध्यक्ष ओलीले ‘इतिहास झल्कने, आधुनिकता टल्कने’ गरी सम्पदाहरूको पुनर्निर्माणमा आफूहरूले जोड दिएको स्मरण गराए।उनले चाडपर्व पिच्छे फरकफरक धून हुने मुलुक नेपालबाहेक विश्वमा कहीँ पनि नभएको बताए।