Gold
Bangad salyan

रुकुम पश्चिम चौरजाहारी नगरपालिका वडान ३ मा वडा सम्मेलन सम्पन्न २९ जना सदस्य समिति गठन

मङ्सिर ४ ,रुकुम पश्चिम – कर्णाली प्रदेश रुकुम पश्चिम चौरजाहारी नगरपालिका वडा नम्बर ३ मा वडा सम्मेलन भएको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष मोति प्रसाद पोखरेलको उपस्तिथीमा २९ जना सदस्यको समिति बनाएको हो।

माओवादी केन्द्रले आज देखि देशभरमा ६ हजार ७४३ वडामा सम्मेलन गरिरहेको छ। माओवादीले ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित सम्मेलन गरेको हो ।

माओवादीले वडा समितिको चयन गर्दा सकेसम्म सर्व सहमतिमा गर्न सबै वडालाई आग्रह गरेको छ । निर्वाचन हुने अवस्था आएको खण्डमा मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रुपमा बुझेर सोही अनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पङ्क्तिलाई आग्रह गरेको छ ।

वडा सम्मेलनका क्रममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्नसक्ने नयाँ एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।

माओवादीले यही मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । माओवादीले गठन गरेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा सात सदस्यीय, पालिकामा पाँच सदस्यीय र वडा तहमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।