Gold
Bangad salyan

कांग्रेसले चाहेमा झापाबाटै मान्छे उतारेर शक्ति प्रदर्शन गर्छ: प्रधानमन्त्री देउवा

मंसिर २३, काठमान्डौ – प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन।

हामिले चाहेमा झापाबाट पनि मान्छे काठमान्डौमा उतार्न सक्छौ तर काङ्ग्रेसले शक्ति प्रदर्शन गर्दैन प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसंगको कुराकानिमा देउवाले भने ।

अहिले कोरोना भाइरसको नयाँ भेरिएन्ट संक्रमणको जोखिम रहेकाले महाधिवेशनमा प्रदर्शन गर्दैनौ । काङ्ग्रेस उदार र जिम्मेवार पार्टी रहेकोले एमाले जस्तो अराजक बन्दै शक्ति प्रदर्शन गर्ने पछमा छैन प्रधानमन्त्री देउवाले भने ।

जोखिम मोलेर जनतालाई दु:ख दिने होइन अहिले कोरोना भाईरसको नयाँ भेरिएन्ट संक्रमण देखीएको छ उनले भने ।