काँग्रेसको महाधिवेशनमा मोबाईल निशेष
मंसिर २३, काठमान्डौ – नेपाली काँग्रेसको १४औँ महाधिवेशन मोबाइल निशेष गरिएको छ।
काठमाडौंको भृकुटीमण्डपमा हुने सो महाधिवेशनका लागि काङ्ग्रेसले बुधबार आचारसंहिता जारी गर्दै मतदान स्थलभित्र मोबाइल फोनलाई निषेध गरेको हो ।
मतदानस्थल भुकुटिमण्डपभित्र मोबाइल फोनलाई निषेध गरिएको समितिका संयोजक गोपालकृष्णा घिमिरेले जानकारी दिए ।
निर्वाचन अवधिमा आफ्ना उम्मेदवारीको प्रचारप्रसार गर्न भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्नसकिने बताइएको छ ।

