दृस्टी विहिन गायिका रेनुका राईको आँखाको रोशनी फिर्ता हुने चिकित्सकको भनाई ,सहयोगको अपेक्षा
मङ्सिर २३ ,काठमान्डौ – दृस्टी विहिन गायिका रेनुका राईले आफ्नो आँखाको रोशनी ल्याउन रत्नपार्क लगायत क्षेत्रमा रहेर गीत गाउने गरेकी छिन। उनको ९ वर्षको उमेरमा दुवै आँखाको रोशनी गुमेको थियो।
स्व पिता धन बहादुर राई र माता पदम कुमारी राईबाट झापाको धाईजन ७ धुलाबारीमा जन्मीएकि रेनुका नौ वर्ष भन्दा पहिले सङ्गसार देख्ने गरेपनि एक्कासी उनीमाथि बज्रपात पर्यो।
कोहि नहुनेको भगवान हुन्छ भनेजस्तै उनिमाथि गड गिफ्ट मिठो स्वर रहेको छ। उनले यो भन्दा पहिले पाँच वटा गीत पनि गाएकि छिन।

लामो समयको अनुसन्धान र चेक जाँचबाट उनको दाहिने आँखाको रोशनी आउने चिकित्सकले सल्हा दिएका छन्।
चिकित्सकको सल्हापछि उनि खुसि हुँदै एक आँखाले भएपनि संसार देख्न पाउने खुसि सहित अस्पतालको खर्च जुटाउन उनले राजधानीका विभिन्न क्षेत्रमा सांगीतिक कार्यक्रम गरेर सक्दो सहयोग उठाईरहेको रंग दर्पणलाई बताईन।

दृस्टी विहिन गायिका रेनुका राईलाई उमेश राईले संरक्षक गरिरहेका छन्। सहयोग गर्न चाहनेले निम्न ठेगानामा सम्पर्क वा सहयोग गरिदिन उनले विनम्र अनुरोध गरेकी छन्। उनको आँखाको उपचार सिनामंगलमा रहेको तिलगङ्गामा हुने छ।

