Gold
Bangad salyan

सभापतिमा हारे भने लाज हुन्छ प्रधनमन्त्रीमा पनि बस्न मिल्दैन : सभापति देउवा

काठमान्डौ- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट आफूले सभापतिमा चुनाव हारे भने नैतिकतामा प्रश्न उठ्ने र प्रधानमन्त्रीमा पनि बस्न नमिल्ने बताएका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै देउवाले एक पटक आफूलाइ सभापतिमा चयन गरिदिन आग्रह गरेका हुन्।

सभापतिमा हारे भने मेरो नैतिकतामा प्रश्न उठ्ने छ ,मा प्रधानमन्त्रीमा बस्न पनि नैतिकताले दिदैन। मलाई चिताईदिनुहोस। तपाईले देख्नु भो होला ओली सारकार हुँदा कस्ती थियो।

जनताले कति दुख पाए अहिले म प्रधानमन्त्री भएदेखि जान्तालाई कति शान्त भएको छ उनले भने। अहिले जसरि भएनि कांग्रेसले जित्नु छ। कांग्रेसले जितेमा मात्र अगाडी बढ्न सकिन्छ त्यसको लागि महाधिवेशन अत्यधिक महत्वपूर्ण ।

मलाई अत्यधिक मतले जिताईदिनुहोस मा सबैको माग पुरा गर्ने छु तिन तहमा कांग्रेसको सरकार बनाउने छु देउवाले भने। म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ। राष्ट्रिय चुनावसम्मका लागि।

त्यसैले अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले।म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ। राष्ट्रिय चुनावसम्मका लागि।

त्यसैले अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले मलाई यो पटक सभापतिमा जिताईदिन उनले आग्रह गरेका हुन्। मेरो अन्तिम बेला हो ,आहिले ओलीलाई हटाएर प्रधानमन्त्री बन्न सफल भएको छु उनले भने।