एमालेले बनाएको ४५ सदस्यीय स्थायी कमिटीमा को को छन्
काठमान्डौ – नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । भक्तपुरमा जारी रहेको केन्द्रीय कमिटीको बैठकले गरेको स्थायी कमिटि गठनमा घनश्याम भूसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी रहेका छन् ।
त्यस्तै रघुजी पन्त, भानुभक्त ढकाल, मणि थापा, शेरधन राई, यमलाल कँडेल, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे गोरख बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ र हिक्मत कार्की रहेका छन् । एमालेको विधानमा १९ सदस्यीय पदाधिकारीसहित ४५ सदस्यीय हुने छ ।

