Gold
Bangad salyan

देउवालाई मत प्राप्त अग्रता कायमै

मंसिर २८,काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ। निर्वाचन समितिका अनुसार अहिलेसम्म २७७७ मतगणना भैइसकेको छ ।

गणनामा देउवाले ५० प्रतिशत मत कटाउँदा अग्रता कायमै राखेका छन् भने कोइरालाले पछ्याइरहेका छन्।

मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी देखिएका छन्।

महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। सभापतिमा विजयी हुन कम्तिमा २३४० मत आवश्यक पर्छ। बिहान ४ बजे देखि मतगणना जारी छ।