Gold
Bangad salyan

सभापति चयनको लागि फेरि मतदान हुने

मंसिर २८,काठमाण्डाै – कांग्रेस सभापतिको चयनका लागि फेरि मतदान हुने भएको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो ।

सभापतिका लागि शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।

महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात २३ सय ४० मत आवश्यक थियो ।

तर, सभापतिका प्रत्यासी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् । पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन । ५० प्रतिशत कटाउन देउवालाई ८२ मत कम पर्यो। कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २० मत प्राप्त गरे ।

अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ ।

यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ । यस्तै दोश्रो चरणको मतदानका लागि निर्वाचन समितीले तयारी थालेको छ ।