सभापति चयनका लागि ३८०० मत खस्यो रातिनै मतगणना हुने
मङ्सिर २८ ,काठमाडौँ – नेपाली काँग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३८०० मत खसेको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको छ।
मतदानका लागि कुल ४ हजार ७४३ प्रतिनिधि रहेका छन् भने सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको हो । यसैबीच मतदान सकिएपछि रातिदेखि नै मतगणनाको तयारी भएको पनि निर्व्वाचन समितिले जनाएको छ।

