समाजवादी लक्ष्य हासिल गर्न नेपाली भूमिबाट नयाँ विचारको विकास सम्भव : प्रचण्ड
काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण उत्पीडित समुदायकाबीच सहिष्णुता र आपसी ऐक्यवद्धता अपरिहार्य रहेको बताएका छन।
तमु ल्होछार पर्वका अवसरमा सुभकामना दिदै प्रचण्डले जनताको संघर्ष र वीरतापूर्ण बलिदानबाट प्राप्त नेपाली जनताका बीचको सुदृढ राष्ट्रिय एकताबाट संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न र नेपाली भूमिबाट नयाँ विचारको विकास गर्न सम्भव रहेको पनि बताएका हुन।
तमु समुदायमा नयाँ वर्षको आगमनको खुशियालीमा विशेष उत्साह र उमङ्गका साथ मनाइने तमु ल्होछारले आफ्नै मौलिकता परम्परा र सांस्कृतिक महत्व राख्दछ ।
यो समुदाय सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेको छ प्रचण्डको सुभकामनामा लेखीएको छ।
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सु–स्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सांस्कृतिक विविधताले भरिएको देश हो । नेपाली समाजको यहि विविधता विश्व समुदायका लागि एक सामाजिक सद्भावको प्रेरणादायी सन्देश रहेको पनि प्रचण्डले बताए।
देशका लागि भाषा, संस्कृति, भेषभूषा र संस्कार सभ्यताका आधार स्तम्भ हुन् । यिनको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व हो उनले भनेका छन।

