Gold
Bangad salyan

प्रधानमन्त्री देउवा कोरोनाको आशंका पछि होम-आइसोलेसनमा

काठमाडौं,- प्रधानमन्त्री शेरबहादुर देउवा कोरोनाको आशंकापछि आजदेखि होम-आइसोलेसनमा बसेका छन्।प्रधानमन्त्रीको कोभिड-१९ को परीक्षण आइतबार हुने उनको सचिवालयले जनाएको छ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेसनमा बसेका हुन्।

दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए। प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।