Gold
Bangad salyan

सुर्खेतमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु

माघ २ सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० बुद्बुदीमा निसासिएर एकै परिवारका चार जनाको ज्यान गएको छ ।

जाजरकोटको शिवालय गाउँपालिका-४ स्थायी घर भएकी ३५ वर्षीया कल्पा बुढा, उहाँका आठ वर्षीय छोरा नीरज, अर्का नौ वर्षीय छोरा चीरञ्जीवी र दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा फेला परेका हुन्।

घटना गत शुक्रबारको रहेको र हिजो मात्र जानकारी हुन आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

घरमा कोइला बालेर झ्याल ढोका थुनेर बस्दा निस्सासीएर उनीहरूको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको हो । ज्यान गुमाएकी कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट फर्किँदै गरेकाले चारै जनाको शव परीक्षण हुन बाँकी छ ।

जाडो समयमा बन्द कोठा भित्र यसरी कोइला, ब्रिक्रेट तथा हिटर बाल्दा अक्सिजनको कमी भइ निसासिएर ज्यान जाने जोखिम धेरै पाईएको छ। जाडोमा चिसो छल्न कोइला, ब्रिक्रेट तथा हिटर बाल्दा ध्यान दिन विज्ञले सुझाव दिने गरेका छन् ।