कांग्रेस महामन्त्री शर्माको सपरिवारलाई कोरोना संक्रमण
माघ ५ ,काठमान्डौ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शर्माले सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण भएको भन्दै आत्मालोचनासमेत गरेका छन् ।
परीक्षणपछि आफूसहित सपरिवारलाई संक्रमण पुष्टि भएको शर्माले जानकारी दिएका हुन् । कोरोना संका लागेपछि शर्माले मेडिसिटी अस्पतालमा परीक्षण गराएका थिए । शर्माको परिवार आठ महिनाअघि पनि कोरोनाबाट संक्रमित भएको थियो ।

