काठमाडौं उपत्यकामा मात्र एकैदिन ६ हजार ३४३ मा कोरोना पुष्टि
माघ ५ ,काठमान्डौ – आज मात्र काठमाडौं उपत्यकामा ६ हजार ३४३ मा कोरोना पुष्टि भएको छ । एकैदिन काठमाडौंमा ४ हजार ६६६, ललितपुरमा १ हजार १९ र भक्तपुरमा ५७८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।
२४ घण्टामा २३ हजार ४०९ परीक्षण भएको छ । देशभर भने बुधबार हालसम्मकै सबैभन्दा धेरै ११ हजार ३५२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी गराए।

