Gold
Bangad salyan

गुर्भाकोटमा नेपाली कांग्रेसभित्र पहिरो ११० जना माओवादीमा प्रवेश, प्रमुख सचेतक ठम्मर बिष्टले गरे स्वागत

माघ ७ सुर्खेत – नेकपा माओवादी केन्द्र कर्णाली प्रदेस संसदीय दलका प्रमुख सचेतक माननीय ठम्मर बहादुर बिष्टले सिचाइ ड्यामको सिलान्यास गरेका छन्। प्रमुख सचेतक बिष्टले हिजो ६ गते गुर्भाकोट नगरपालिका वडा न ६ को तोरिबारीमा कुर्मिखोला तोरिबारी सिचाइ ड्यामको सिलान्यास गरेका हुन् ।

यस्तै सोहि दिन गुर्भाकोट नगरपालिकाको विभिन्न वडामा कार्यक्रता भेटघाट तथा पार्टी प्रबेश कार्यक्रम पनि सम्पन भएको थियो। जसमा ५३ घरधुरिका ११० जनाले नेपाली काङ्ग्रेस र नेकपा एमाले पार्टी परित्याग गरि नेकपा (माओबादी केन्द्र )मा प्रबेस गरेका छ्न । नवप्रवेशी गुर्भाकोट ८ को सुन्दरखालीमा ३१ घरधुरी र गुर्भाकोट ११ को खहरेमा २२ घरधुरीलाई कार्यक्रमका प्रमुख अथिती माननीय ठम्मर बहादुर बिष्टले स्वागत गर्दै गौरवशाली पार्टीमा अगाडी बढ्न आग्रह गरे।

उक्त कार्यक्रममा नेकपा (माओबादी केन्द्र ) प्रदेस कमिटी सद्स्य उदिराम डाङी , नगर कमिटी अध्यक्ष जय बहादुर डाङी, उपाध्यक्ष जमकराज रेग्मी , बरिस्ठ उपाध्यक्ष यज्ञ बहादुर बिक, नगर कमिटी सचिब युवराज शर्मा,विभिन्न वडाका अध्यक्षहरु लगायत पार्टीप्रती आस्थावान सम्पुर्ण कमरेडहरुको उपस्थिति रहेको थियो।

जनताहरुको मनोभावना र समाजको आबश्यक्ता अनुसार बिकास गर्ने पार्टी र बर्गिय आन्दोलनको लागि लडने पार्टी नेकपा माओबादी केन्द्र नै भयकाले नेकपा माओबादी केन्द्रमा प्रबेस गरेको नबप्रबेसीहरुले बताएका छन्।

यो पनि,,प्रमुख सचेतक माननीय ठम्मर बहादुर बिष्टले लक्षित बर्ग विशेष कार्यक्रम अन्तर्गत रु १३ लाखको कार्यक्रम गुर्भाकोट नगरपालिका वडान ५ को थग्लेनीमा गर्ने एक कार्यक्रमका बिच सप्पन्न भयको छ।

उक्त कार्यक्रमको प्रमुख आथित्यता नेकपा (माओबादी केन्द्र ) कर्नाली प्रदेस संसदीय दलको प्रमुख सचेतक माननीय ठम्मर बहादुर बिष्ट गरेका हुन् ।

कार्यक्रममा कृषि बिकास निर्देसनालयका निर्देसक चित्र बहादुर रोकाय , बागबानी बिकास अधिकृत तेज बहादुर खनाल, दशरत पान्डे साथै अगुवा कृषकहरु, समाजसेबी,विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कृषकहरुको जिबनस्तरमा प्रत्यक्ष लाभ दिने र जीवन स्तरसङ जोडने कार्यक्रम भयकाले बस्तबिक कृषकहरुको पहिचान गरि बजेट बिनियोजन गरिदियकोमा सो क्षेत्रका कृषकहरुले माननीय ठम्मर बिष्ट ज्यु लगायत सम्पुर्ण कृषि बिकास निर्देशनालयका सरहरुलाइ विशेष स्वागत सहित धन्यवाद गरेका थिए।

गुर्भाकोटमा माओवादी पार्टीको एकल झण्डा फहराउने दिन आइसक्यो : प्रमुख सचेतक बिष्ट

गुर्भाकोट नगरपालिकामा १८० जनाले नेपाली कांग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश प्रमुख सचेतक बिष्टले गरे स्वागत