Gold
Bangad salyan

रुकुम चौरजहारी नगरपालिकामा एक सय शैयाको नयाँ अस्पताल बनाउने तयारि

माघ १२ ,रुकुम पश्चिम – कर्णाली प्रदेशको रुकुम चौरजहारी नगरपालिकामा एक सय शैयाको नयाँ अस्पताल बनाउने तयारी गरिएको छ।नगरपालिकाको वडा नम्वर ३ अमाचौर नयाँ बस्तीमा एक सय वेड क्षमताको अस्पताल निर्माणको लागि जग्गा प्राप्तिको काम सम्पन्न भएकोले थप प्रक्रिया अगाडी वढाउन थालेको चौरजाहारी नगर प्रमुख बिशाल शर्माले बता।

आर्थिक वर्ष २०७८ र २०७९ मा प्राप्त योजना मध्य चौरजहारीमा अस्पताल निर्माणको योजना परेकोले त्यसको कार्यान्वयनको लागि नगरपालिकाले प्रक्रिया सुरु गरि सकेको छ।

गएको शनिबार नगर प्रमुख बिशाल शर्माको अध्यक्षतामा बसेको बैठकले अस्पताल निर्माणको लागि प्रस्तावित ३५ रोपनी नम्बरी र २५ रोपनी ऐलानी जग्गाको निरिक्षण तथा नापजाँच गरिसकेको नगर प्रमुख बिशाल शर्माले जानकारी दिए ।नगरपालिकाले अस्पतालको सम्पूर्ण पूर्वाधार निर्माणका लागि प्रस्ताव तयार सम्वन्धित निकायमा पठाउने निर्णय वैठकले गरेको जनाएको छ।

जग्गा प्राप्तिको काम पुरा भएकोले अस्पतालको पूर्वाधार निर्माणको काम अगाडि बढाउन संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेत र शहरी विकास तथा भवन निर्माण विभागमा अनुरोध गरिएको नगर प्रमुख बिशाल शर्माले जानकारी गराए ।

हाल नयाँ अस्पतालका लागि निरिक्षण गरिएको वडा नम्वर ३ को स्थान यस अघि सञ्चालनमा रहेको चौरजहारी अस्पताल देखि ३ किलोमिटर टाढा हुने बताएका छ्न ।।