Gold
Bangad salyan

छाडा गीत निकालेपछि दुर्गेशलाई दर्शकले गरे सहन नसक्ने गाली गलौज

काठमान्डौ – नेपाली दर्शक र लोक तथा दोहोरीगित प्रतिस्ठानलाई नमान्ने र चर्चा पैसा कमाउने धन्दा बोकेका दुर्गेश थापा फेरि विवादमा आएका छन।

उनी कुनै कलाकार त होइनन तर समय परिस्थितिले ढुङ्गा हान्दा ढुकुर मरे झै केहि जमातले उनका गीतलाई वाउ गरेपछि दुर्गेशले आफू लाई वरिष्ठ कलाकार ठान्न पुगे ।

तर उनिमाथि कलाकारमा हुने कुनै गुण रियाज र साधना छैन ।मात्रा उनले पैसा कमाउन गीतलाई जता ढल्काएपनी हुन्छ भन्ने दिमागमा राखेका हुन्छन।

अहिले पैसा बोल्को गीतमा पनि आपत्तिजनक र छाडा शब्द राख्दै गीत निकालेपछि उनलाई दर्शकले गाली गलौज गरेका छन।उनलाई यस अघिनै लोक तथा दोहोरीगीत प्रतिस्ठानले आफ्नो सदस्यतबाट हटाईसकेको छ।

तिज गीतलाई बिगारे गीत बजारमा पठाएपछि उनलाई महिला दिदी बहिनीहरुले गाली गर्दै कारबाही अगाडि बढाएका थिए ।